७ बैशाख २०८१, शुक्रबार

बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

सिराज खान
नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो ।
स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले सङ्क्रमित घटेको हुनसक्ने उहाँले बताउनुभयो । अहिले भेटिनेगरेका सङ्क्रमितमध्ये खोप लगाइसकेका लाई अस्पतालमा भर्ना हुन नपरेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
अस्पतालमा भर्ना हुने दर निकै कम रहेको जनाउँदै कोरोना फोकल पर्सन ओलीले भर्ना हुनेहरु खोप नलगाएकाहरु अझ धेरै रहेको पाइएको बताउनुभयो । अहिले भेरी अस्पतालमा भर्ना भएका सङ्क्रमितको सङ्ख्या मात्र ३६ जना रहेको जनाउँदै ओलीले तीमध्ये दुई जना मात्रै सिकिस्त छन् । अन्य सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
सङ्क्रमित घटे पनि स्वास्थ्य मादण्डको पालना र सरकारले जारी गरेको निर्देशनलाई यथावत् पालना गराउने काम भैरहको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *