८ बैशाख २०८१, शनिबार

बाँकेमा काँग्रेसका ८० वटा वडामा अधिवेसन सम्पन्न, एकमा सोमवार मतदान हुने

बाँकेमा काँग्रेसका ८० वटा वडामा अधिवेसन सम्पन्न, एकमा सोमवार मतदान हुने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार बाँकेका ८० वटा वडामा वडा अधिवेशन आइतवार विधिपुर्वक रुपमा सम्पन्न भएको र एक वडामा सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएपछि एकदिन ढिलोगरी सुरु भएको थियो ।
निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये ५७ वडामा शनिबार नै वडा कार्यसमिति निर्बिरोध निर्बाचित भएको थियो । आइतबार २४ वटा वडामा निर्वाचन सम्पन्न भएको र बैजनाथ गाउपालिकाको वडानं ८ मा लेबि विबादले निर्वाचन एकदिन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिनुभयो । उहाँले रोकिएको वडामा सोमबार बिहनैदेखि मतदान हुने गरी तयारी गरिएको जनाउनुभयो ।
प्रमुख निर्वाचन अधिकृत भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडा मध्ये ८० वाटा वडाको आइतबार राती ९ बजेसम्म परिणाम आईसक्ने गरी काम भई रहेको छ । बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते पालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *