१५ चैत्र २०८०, बिहीबार

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुग्यो

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुग्यो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक  । गत दुई वर्षदेखि फैलिएको कोरोना महामारीका कारण हालसम्म बाँके जिल्लाका ३४० जनाले ज्यान गुमाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा उपचारका क्रममा आइतवार राती मृत्यु भएपछि मर्नेको संख्या ३४० पुगेको हो ।
पछिल्लो समयमा आएर जिल्लामा कोरोना भाइरस संक्रमण हुने क्रम घट्दै गएपनि हप्ता दसदिनको अन्तरालमा एक संक्रमितको मृत्यु हुने गरेको छ ।
सबैभन्दा बढी मृत्यु दोस्रो लहरको बेला भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
रुस र युरोपका केही देश लगायत चीनमा समेत फेरी संक्रमित बढ्न थालेपछि यहाँपनि चिन्ता बढ्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
तेस्रो लहर वा अन्य कुनै आपातकालिन अवस्थाको सामना गर्न बाँकेमा व्यापक तयारी गरिएको उहाँको भनाई छ ।
यसैविच नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा आइतवार राती मृत्यु भएको थियो ।
कोरोना फोकल पर्सन ओलीका अनुसार ती महिलालाई कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था राम्रो नभएकोले त्यसैदिन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नहुँदा ती महिलाको गएराती मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *