७ बैशाख २०८१, शुक्रबार

बाँकेमा पनि बालबालिकालाई खोप लगाउन शुरु

बाँकेमा पनि बालबालिकालाई  खोप लगाउन शुरु

सिराज खान
नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो ।
सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समहुका ६९ हजार बालबालिका लाई खोप लगाइने बताउनुभयो ।
बालबालिका लाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लगेर गई बुधवार र विहिबार खोप लगाउन आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो । बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिका लाई समेत उमेर खुल्ने जन्मदर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने बताइएको छ । पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले विद्यार्थीमा आग्रह गरेको छ । ( गोरखापत्र अनलाइनबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *