७ बैशाख २०८१, शुक्रबार

बाँकेमा पहिलो पटक ट्राफिक पोष्टको कमाण्ड महिलालाई दिइयो

बाँकेमा पहिलो पटक ट्राफिक पोष्टको कमाण्ड महिलालाई दिइयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । बाँकेका सबै ट्राफिक पोष्टहरुमा हालसम्म पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएकोमा अहिले आएर महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हाल्नु भएको छ । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा महिला ट्राफिक प्रहरी हवल्दार सबिता रावललाई कमाण्ड दिईएको छ ।
कमाण्ड पाएपछि महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा रावलले साबित गरिदिनु भएको छ । प्रहरी हवल्दार रावलले चिसापानी ट्राफिक प्रहरीको सम्हालेको १७ दिनको अन्तरालमा उहाँले ९० हजार रुपैयाँ बढी राजश्व समेत संकलन गरिसक्नु भएको छ । उहाँले राजश्व संकलन गर्ने मात्र होइन, सवारी चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धि ज्ञान समेत निरन्तर दिँदै आउनु भएको छ ।
संगठनले दिएको जिम्मेवारी पूरा गर्न आफुले इमान्दारीताका साथ काम गरिरहेको जनाउँदै रावलले चिसापानीको ट्राफिक व्यवस्थापन मजबुत बनाउने जिम्मेवारी पूरा गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभयो ।
बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले महिलाहरू अनुशासित र काममा लगनशील हुने हुँदा ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने बताउनुभयो ।
उहाँले अहिलेसम्म ट्राफिक पोष्टमा महिला ट्राफिक इन्चार्ज नभएकोमा यसपटक आफुले ती महिला प्रहरीको मेहनत, संगठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर रावललाई इन्चार्जको जिम्मेवारी दिएको प्रष्ट पार्नुभयो।
गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरु तर्सिने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरुलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *