१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा हात्तीपाइलेको औषधी खुवाउने अभियान शुरु, ६ लाख बढीलाई खुवाइने

बाँकेमा हात्तीपाइलेको औषधी खुवाउने अभियान शुरु, ६ लाख बढीलाई खुवाइने

सिराज खान
नेपालगञ्ज, फागुन ११ गते । बाँकेमा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु गरिएको छ । १२ पटक अभियान सञ्चालन गर्दा पनि धेरैले औषधी सेवन नगरेपछि विहिबारबाट १३ औं पटक सो अभियान शुरु गरिएको हो ।
नेपालगञ्ज वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा विहिबार सो अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा बाँके क्षेत्र नम्बर २ ख का प्रदेश सांसद आदेश कुमार अग्रवालले हात्तीपाइले विरुद्धको ओषधी सेवन गरेर अभियानको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोर लगायत स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले समेत औषधी सेवन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहायक निर्देशक डा. रोमन किदवाईले यो औषधीले कुनै पनि नकारात्मक प्रभाव नपार्ने जनाउँदै सबैलाई सेवन गर्न आग्रह गर्नुभयो ।
उहाँले विशेष गरि मुस्लिम र मधेशी समुदायमा यो औषधी निकै सेवन गरेको पाईएकोले सेवन गर्न आग्रह गर्दै यसले हात्तीपाइले जस्तो भयावह रोगबाट जोगाउने बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रदेशसभाका सांसद आदेश अग्रवालले नेपालगञ्जमा यसको कभरेज सबैभन्दा कम देखिएकोले बढाउनु अतिआवश्यक रहेको हुँदा आफुले पनि सेवन गरेको र सबैलाई सेवन गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले यस पटक यो अभियानलाई जुनसुकै हालतमा पनि सफल पार्नु पर्ने बताउनुभयो । सो अवसरमा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले विगतको अभियानमा नेपालगञ्जको वडा नम्बर ३ मा २१ प्रतिशतले मात्र औषधी सेवन गरेको हुँदा यस पटक यहाँबाटै अभियान शुरु गरिएको बताउनुभयो ।


उहाँले नेपालगञ्जमा मात्रै ४५० भन्दा बढी हात्तीपाइले रोगका विरामी रहेको जनाउँदै अवस्था निकै जटिल रहेको बताउनुभयो ।
विहिबारदेखि जिल्लाका सबै पालिकामा एकै पटक शुरु गरिएको सो अभियान अन्तर्गत यसपटक ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभएको छ । उहाँले यो अभियानमा सबैलाई औषधी खुवाउने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
त्यसका लागि औषधीको सेवन कम भएका क्षेत्रका धार्मिक गुरुहरु, स्थानीय जनप्रतिनिधि र अन्य स्थानीय अगुवाहरुको विशेष सहयोग लिईएको प्रमुख पौडेलले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा १ लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकल पर्सन गौतमले बताउनुभयो ।
हात्तीपाइले रोगविरुद्धको अभियानलाई सफल र प्रभावकारी बनाउन यस पटक नेपालगञ्ज र अन्य क्षेत्रका धर्मगुरु, समाजका अगुवा, शिक्षक, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवी सबै वर्गको सहयोग प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *