१५ चैत्र २०८०, बिहीबार

बाँके काँग्रेसको निर्वाचन पुस २७ गते गर्ने निर्णय

बाँके काँग्रेसको निर्वाचन पुस २७ गते गर्ने निर्णय

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो ।
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पुस २७ गते निर्वाचन तोकिएको जानकारी दिनुभयो । ‘बाँकेसहित निर्वाचन हुन बाँकी रहेका सबै जिल्लाको निर्वाचन पुस २७ गतेका लागि तोकियो,’ उहाँले टेलिफोनमा भन्नुभयो।
उहाँका अनुसार बाँकेसहित १६ जिल्लामा एकैसाथ निर्वाचन हुनेछ । यही पुस २७ गते बाँके, चितवन, मकवानपुर, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नवलपुर र सिन्धुपाल्चोकको निर्वाचन हुने भएको छ ।
यसअघि विभिन्न प्रदेशको निर्वाचनका कारण जिल्ला तहको निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो । निर्वाचन समितिका संयोजक घिमिरेले यसअघि तोकिएका निर्वाचन अधिकृत नै अब हुने निर्वाचनमा खटिने जानकारी पनि दिनुभयो ।
निर्वाचनको मिति घोषणा हुने वित्तिकै सभापति लगायत विभिन्न पदका उम्मेदवारको दौडधुप पनि तिव्र हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *