६ बैशाख २०८१, बिहीबार

बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा जिल्ला निर्वाचनको मतदान कार्य अहिले चलिरहेको छ । बिहान सवा ९ बजेबाट जिल्ला समन्वय समितिमा मतदान सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म जिल्ला सभापतिका लागि चारसय मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । मतदान निरन्तर शान्तिपुर्ण रुपमा जारी रहेको छ ।
मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन।
जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता क्षेत्रीय प्रतिनिधीले मतदानमा सहभागि हुनेछन् ।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवारहरु सुरेन्द्र हमाल, बादशाह कुर्मी र नारायण गौडेलविच त्रिकोणीय मुकाबला भैरहेको मतदानस्थलमा रहेका नेता कार्यकर्ताले बताएका छन् । जिल्लामा संस्थापन पक्ष निकै बलियो भएपनि सोही पक्षबाट दुई जना उम्मेदवार हमाल र कुर्मी उम्मेदवार रहेकोले त्यसको लाभ गौडेललाई हुने र सोही कारणले मुकाबला त्रिकोणीय बनेको जनाईएको छ ।
संस्थापन पक्षबाट हमाललाई केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र कुर्मीलाई सहमहामन्त्री किशोरसिंह राठौरको समर्थन रहेको छ ।
तीनै जना उम्मेदवारले पहिलो चरणमै विजयी हुने दावी गर्दै आएका छन् । तर, अधिकांशले पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत नपाउने र दोस्रोमा निर्वाचन हुने र अन्तमा संस्थापन पक्षकै जित हुने आकलन गरेको पाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *