१५ चैत्र २०८०, बिहीबार

बाँके काँग्रेसमा देउवा पक्ष अगाडी, जिल्ला सभापतिसहित अधिकांश पदमा विजयी हुने

बाँके काँग्रेसमा देउवा पक्ष अगाडी, जिल्ला सभापतिसहित अधिकांश पदमा विजयी हुने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लामा भैरहेको पार्टीको विभिन्न तहहरुको निर्वाचनमा केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षको वर्चस्व देखिएको छ ।
जिल्लाका ८ वटा पालिकाहरु मध्ये ६ वटामा निर्वाचन सम्पन्न भैसकेको परिणामको आधारमा तथा दुई वटामा मतगणना भैरहेको आधारमा अधिकांश ठाउँमा देउवा पक्षकै हाली मुहाली देखिएको छ ।
पालिकाहरुको सम्पन्न निर्वाचन मध्ये नेपालगञ्ज उपमहानगर, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा देउवा पक्षका उम्मेदवारहरुले जितेका छन् भने नरैनापुर र डुडुवामा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् । कोहलपुर र राप्तीसोनारीमा मत गणना भैरहेकोले ती पालिकामा पनि देउवा पक्षकै अग्रता रहने बताईएको छ । यसैगरि महाधिवेसन प्रतिनिधिमा समेत अधिकांश प्रतिनिधि देउवा पक्षबाटै निर्वाचित हुने संभावना कार्यकर्ताहरुले औल्याएका छन् ।


सोही कारणले जिल्ला सभापतिका लागि देउवा पक्षबाटै आकांक्षी पनि बढी देखिएका छन् । जिल्ला सभापतिका लागि देउवा पक्षका राजकुमार बर्मा, बादशाह कुर्मी र निरन्जनसिंह सिजापतिले उम्मेदवारी दिने भएका छन् भने कोइराला पौडेल पक्षबाट नारायण गौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । निर्मला कुर्मी र नन्कन्नी धोबीको प्रकरणले गर्दा बादशाह कुर्मीविरुद्ध अदालतमा मुद्दा चलिरहेकोले उनिप्रति कार्यकर्ताको विश्वास घटेको हुँदा राजकुमार बर्मानै सबैभन्दा बलियो उम्मेदवार देखिएका स्वयं काँग्रेसका नेता कार्यकर्ताले बताएका छन् ।
उता सबैभन्दा बढी चर्चामा रहेको नेपालगञ्ज उपमहानगरको निर्वाचनमा सभापतिसहित देउवापक्षको पुरै प्यानल निर्वाचित भएको छ । सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनले २ सय ४३ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी कोइराला र पौडेल पक्षकी उमा थापामगरले ७६ र देउवा पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । यस्तै उपसभापतिमा संस्थापन पक्षका धनराज बर्मा र मो कमाल अन्सारी निर्वाचित भएका छन् । बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरे ।
सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्र कुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याइन् । यसैगरी सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश बादी ९नेपाली०ले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए । प्रदेश क्षेत्रीय प्रतिनिधीमा पनि १ सय ७८ मत ल्याएर संस्थापन९देउवा० पक्षका गोकर्ण आचार्य विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अमृतकुमार आचार्यले १ सय ७३ मत ल्याए ।
नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *