११ बैशाख २०८१, मंगलवार

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथकसहित गठबन्धनका उम्मेदवारप्रति दिनदिनै जनसमर्थन बढ्दैछ

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथकसहित गठबन्धनका उम्मेदवारप्रति दिनदिनै जनसमर्थन बढ्दैछ

समाचारदाता
नेपालगञ्ज, कात्तिक २ । बाँके क्षेत्र नम्बर १ मा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकसहित गठबन्धनका उम्मेदवारप्रति जनताको समर्थन दिनदिनै बढ्दै गएको स्थानीयले जनाएका छन् । जिल्लाका ३ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारहरु बढी संगठित र एकतावद्ध भै निर्वाचनमा होमिएकोले पनि उनिहरुप्रति जनसमर्थन बढ्दै गएको पाईएको हो ।
नरैनापुर तथा राप्तीसोनारी क्षेत्रका अधिकांश स्थानीयले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाउन थालेको युवा तथा खेलकुद मन्त्री गहतराजका स्वकिय सचिव दिलिप सोनीले बताउनुभयो ।
गठबन्धनका साझा उम्मेदवार मन्त्री अथक र प्रदेश सभा क का उम्मेदवार कृष्णा केसी नमुनासंगको छलफलका क्रममा गठबन्धनका स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरुले गठबन्धनको पक्षमा लाग्ने प्रतिवद्धता जनाएको सचिव सोनीले बताउनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं १, प्रतिनिधी सभा सदस्य पदका साझा उम्मेदवार मन्त्री अथकले बर्षौ देखी नरैनापुर तथा राप्तीसोनारीवासीले झेल्दै आएको डुवान समस्या समाधानका लागी दिर्घकालीन योजना बनाई अघी बढिने बताउनुभयो । युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले मन्त्री परिषदको बैठकमा आफुले त्यस क्षेत्रकोे डुवान तथा यस वर्ष नरैनापुरमा देखीएको खडेरी समस्याका बारेमा छलफल चलाएको बताउँदै छिटै समस्या समाधानका लागी केन्द्र सरकारले प्रभावकारी योजना लागु गर्ने जनाउनुभयो ।
आफ्नो पाँच वर्षिय कार्यकालमा बिद्युतीकरण र सडक सञ्जालसँग जोडी क्षेत्र नं १ लाई विकासको मुल प्रवाहमा ल्याउन सफल भएको बताउँदै उहाँले जनताका आधारभुत आवश्यकतालाई सुनिश्चित गराउन पनि बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रदेश सभा क का उम्मेदवार कृष्णा केसी नमुनाले विकासका अधुरा योजना सम्पन्न गर्नकालागी पनि बाम लोकतान्त्रीक गठबन्धनको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधारसँगै विद्युतीकरणका लागी विगतमा भएका प्रयासका कारण पिछडीएको क्षेत्रको रुपमा रहेको नरैनापुर र राप्तीसोनारीलाई सुगम क्षेत्रमा रुपान्तरण गर्न सफल भएको भन्दै पुनः एक पटक बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन उहाँले अपिल गर्नुभयो । कार्यक्रममा बाम लोकतान्त्रीक गठबन्धनका अगुवा नेता, कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *