१५ चैत्र २०८०, बिहीबार

बाँके क्षेत्र नम्बर २ का जनता विकासको पक्षमा एकजुट छन्–ईश्तियाक राई

बाँके क्षेत्र नम्बर २ का जनता विकासको पक्षमा एकजुट छन्–ईश्तियाक राई

समाचारदाता
नेपालगञ्ज, कात्तिक १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ बाट संघिय सांसदका उम्मेदवार मोहम्मद ईश्तियाक राइले क्षेत्र नम्बर २ का अधिकांश जनता विकासको पक्षमा लामवद्ध भैरहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा बोल्दै पुर्वमन्त्री र उम्मेदवार राईले यस क्षेत्रका अधिकांश जनताले मात्र विकासको पक्षमा उभिने तथा अन्य कुनै पनि नारा र भ्रममा नपर्ने प्रष्ट पारेको बताउनुभयो ।
अहिले विभिन्न उम्मेदवार मध्ये कसैले धर्म र सम्प्रदाय तथा कसैले अन्य विभिन्न नातागोता जोडेर मत माग्ने गरेको जनाउँदै उहाँले जनताले क्षेत्रको चौतर्फि विकास र भावि पिढीका लागि केही गर्न सक्ने उम्मेदवारलाई मात्रै समर्थन गर्ने मन बनाईसकेको बताउनुभयो ।
उहाँले आफुले मन्त्री हुँदा धेरै योजना आफ्नो जिल्ला र क्षेत्रमा ल्याएकोमा अन्य जिल्ला र क्षेत्रका सांसदले घोर विरोध र आलोचना गरेको स्मरण गर्दै विगतको समयमा क्षेत्र र जिल्लाका लागि गरेको कामका आधारमा जनसहयोग मागि रहेको बताउनुभयो । आफुले मन्त्री र सांसद दुबै हुँदा सडक, अन्य पुर्वाधार र सामाजिक विकासका लागि सयौं योजना ल्याएको प्रष्ट पार्दै ती मध्ये अधिकांश पुरा भैसकेको र केही पुरा हुने क्रममा रहेको बताउनुभयो ।

केही महत्वपुर्ण विकासका योजनाहरु कार्यान्वयनको चरणमा रहको र आफु मन्त्री नभएपनि छिटै शुरु हुन गैरहेको जनाउँदै पुर्वमन्त्री राईले विगतमा केही पनि नगरेकाले अब गर्नेछु भन्दै हिड्नु जना झुक्याउने काम मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, मेरो पक्षमा उर्लिएको जनसमर्थन देखेर धेरेको भोक निद्रा हराम भैसकेको छ । दिनदिनै जसपामा जोडिने बढ्दैछन् । यो नै ठुलो जितको संकेत पनि हो ।
राईले अहिले क्षेत्र नम्बर २ मा विभिन वडामा स्थापना गरिएका प्रचार कार्यालयहरुको उदघाटन गरिरहनुभएको छ । ती कार्यक्रममार्फतनै उहाँले अहिले जनतासंग प्रतक्ष्य भेट गरेर आफुले गरेको कामका आधारमा सहयोग गर्न आग्रह गरिरहनुभएको छ । धैंजसो समय जनताको सम्पर्कमानै रहन रुचाउने उहाँ अहिले टोलटोलमा पुगेर भेटघाट र भलाकुसारीमा व्यस्त हुनुहुन्छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *