१६ चैत्र २०८०, शुक्रबार

बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

सिराज खान
नेपालगञ्ज, असार २२ । तेस्रो पटक मन्त्रीमा नियुक्त हुनु भएका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ । बाँके क्षेत्र नम्बर २ का संघिय सांसद रहुन भएका राईले तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि नेपालगञ्जपाटीसंग संक्षिप्त कुरा गर्दै सम्पुर्ण देश र बाँके जिल्लाकै विकासलाई महत्व दिएर काम गर्ने जनाउँदै तर बाँके क्षेत्र नम्बर २ को विकास प्रमुख प्राथमिकतामा रहने बताउनुभयो ।
उहाँले आफु यस अघि दुई पटक मन्त्री रहँदा पनि बाँके क्षेत्र नम्बर २ को विकासलाई विशेष ध्यान दिएर सबैभन्दा बढी बजेट ल्याउन सफल भएको जनाउँदै यस पटक पनि सो कुरालाई निरन्तरता दिने प्रतिवद्धता दोहोरयाउनुभयो । यस पटक आफुले विकासका लागि निकै महत्व राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको जनाउँदै उहाँले समय कम भएपनि बढी काम गरेर देखाउने प्रयास गर्ने बताउनुभयो ।
आफु मन्त्री हुँदा वा सांसद हुँदा दुबै समयमा जिल्ला र आफ्नो क्षेत्रका नागरिकको समस्यालाई विशेष ध्यान दिंदै आएको र अब पनि सोही तरिकाले काम गर्ने जनाउँदै मन्त्री राईले बाँके क्षेत्र नम्बर २ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि सबै सरोकारवाला र सर्वसाधारणको पनि सहयोग अपरिहार्य भएको कुरामा उहाँले विशेष जोड दिनुभयो ।
पहिलेदेखिनै विकास प्रेमी नेताका रुपमा परिचित मन्त्री राई अहिले पुनः मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ का जनता उत्साहित बनेका छन् । अधिकांशले सानो समयमै राम्रो काम हुने अपेक्षा गरेका छन् ।


यसअघि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेर आफुले काम गर्ने तरिकाको झझल्को देखाईसक्नु भएको छ । पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न दुई वटा समिति गठन गर्ने निर्णय गर्नु भएको थियो ।
दुई वटै कार्यदललाई प्रतिबेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उहाँले बताउनु भएको छ । मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट लागू गर्न खोजिएकाले विवाद भएको उहाँको भनाई छ । समयमा नै आयोजना पुरा नहुने प्रवृतिलाई अन्त्य गर्ने जनाउँदै राईले रुग्ण आयोजना आफुले थेग्न नसक्ने बताउनुभयो । पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गरिने उहाँले बताउनुभयो ।
राईले यस अघि श्रम तथा यातायात र सहरी विकास मन्त्रीको रुपमा काम गरिसक्नुभएको छ । उहाँ श्रम तथा यातायात मन्त्रालयमा निकै कम समय बस्नु भयो भने सहरी विकास मन्त्रीका रुपमा केही बढी समयसम्म काम गर्ने अवसर पाउनु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *