८ बैशाख २०८१, शनिबार

बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ६ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मातहतका कार्यालयहरुले कोभिड सम्बन्धि जनस्वास्थ्य मापदण्डको पालना लगायत माघ ७ गतेपछि सेवाग्राही र कर्मचारी दुबैका लागि खोप कार्ड अनिवार्य गरिएको निर्देशनको व्यवस्थापन कसरी गरेका छन् भन्ने जानकारी लिने काम शुरु गरेको छ । सो क्रममा जिल्ला प्रशासन कार्यालयको एक उच्चस्तरीय टोलीले विहिबार नेपालगञ्जका अत्याधिक सेवाग्राही हुने तीन वटा कार्यालयको स्थलगत अनुगमन गरेर देखिएका कमीकमजोरीहरुका सम्बन्धमा आवश्यक सुझाव र निर्देशन समेत दिएको छ ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको नेतृत्वमा गएको टोलीले सेवाग्राहीको अत्याधिक भिडभाड हुने नेपालगञ्जस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अनुगमनका क्रममा ती कार्यालयहरुमा सेवाग्राहीको अत्याधिक भिड देखिएको, त्यहाँ रहेका सेवाग्राही मध्ये करिब ९० प्रतिशतले मास्क प्रयोग गरेको, भौतिक दुरीको प्रयोग निकै कम गरिएको र अन्य जनस्वास्थ्य मापदण्डको पालना गरिएको पाईएको बताउनुभयो ।

उहाँले ती कार्यालयका प्रमुख र कर्मचारीलाई भेटेर भिडभाड कम गर्न, भौतिक दुरीमा बिशेष ध्यान दिन र १० प्रतिशत सेवाग्राहीले अझैपनि मास्क नलगाएको पाईएकोले शतप्रतिशतलाई अनिवार्य मास्क लगाउनका लागि बाध्य पार्न सुझावसहितको निर्देशन दिएको बताउनुभयो ।
उहाले माघ ७ गतेपछि सरकारले कार्यालयहरुमा आउने सबै सेवाग्राहीले खोप लगाएको कार्ड लिएर आउने तथा कर्मचारीले पनि सबैले कार्ड लिएर आउन अनिवार्य गरेकोले सो को व्यवस्थापनका लागि गरिएको तयारी बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिईएको बताउनुभयो ।
उहाँले कोभिड संक्रमण बढ्दै गएकोले जिल्लाका सबै सरकारी कार्यालय लगायत सेवाग्राहीको उपस्थिति धेरै हुने अन्य निकायको पनि अनुगमन गरिने बताउनुभयो । माघ ७ गतेपछि खोप कार्ड अनिवार्य गरिएको विषयमा पनि अनुगमन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
सो अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत रामकुमार सोनकार, वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरिक्षक डिल्लीबहादुर खड्का लगायत पत्रकारहरुको सहभागिता रहेको थियो भने टोलीले मास्क नलगाएका सेवाग्राहीलाई मास्क पनि वितरण गरेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *