४ बैशाख २०८१, मंगलवार

बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

सिराज खान
नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ ।
पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३० ग्राम लागूऔषध ब्राउनसुगरसहित १ लाख ८३ हजार ६० रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सोही ठाउँकी ४५ बर्षीया मुन्नी जोलाह, ३५ बर्षीया जरिना अन्सारी र ३९ बर्षीय कल्लु जोलाह रहेका छन् । लुकिछिपी नेपालगञ्जतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीको टोलीले नेपालगन्ज १७ चौलिका चोकदेखि पश्चिम तर्फ रहेको थुकैला गाउँबाट लागूऔषध ब्राउनसुगर र पैसा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। मुन्नि जोलाहले लगाएको सुईटरको खल्तिबाट लुकाई छिपाई राखीएको ३० ग्राम ब्राउनसुगर र कल्लु जोलाह र जरिना अन्सारीको साथबाट नेपाली र भारु गरेर १ लाख ८३ हजार रुपियाँ बरामद गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।
बिशेष सूचनाका आधारमा गएको टोलीले शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा रङ्गेहात ३० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेर १ लाख ८३ हजार ६० रुपियाँ पनि बरामद गरेको हो ।
पक्राउ परेका मुन्नी, जरिना र कल्लुलाई हिरासतमा राखी लागू औषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनिहरु लागु औषधको कारोबारी भएकोले उनिहरुसंग संलग्न अन्य कारोबारी र कुन ठाउँबाट ल्याएर कहाँ कहाँ पठाउने गरिएको छ ? सो बारेमा विस्तृत जानकारी लिने काम भैरहेको डीएसपी न्यौपानेले बताउनुभयो ।
गत ६ महिना यता बाँके प्रहरीले लागु औषध नियन्त्रणमा विशेष अभियान चलाएकोले दिनदिनै सफलता प्राप्त गर्दै गएको छ । नेपाल प्रहरीको आग्रहमा सीमापारी रुपैडिहामा लागु औषध नियन्त्रण ब्युरो भारतको टोलीले केही दिन पहिले मात्र छापा मारेर आधा दर्जन मेडिकल स्टोरबाट ठुलो परिमाणमा लागु औषध बरामद गर्नुका साथै ती पसललाई समेत बन्द गराएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *