७ बैशाख २०८१, शुक्रबार

बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ९ । बाँके जिल्लामा पछिल्लो केही समययता आएर कोरोना संक्रमण बृद्धि हुन थालेपछि सो निण्न्त्रणका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । सो क्रममा सबैभन्दा बढी ध्यान यहाँस्थित नेपाल भारत नाका जमुनाहामा दिनु पर्ने देखिएको छ ।
सोही कारणले बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी आफै पटक पटक नाकामा पुगेर नाकाको आउ जाउ व्यवस्थापनको अनुगमन गरिरहनु भएको छ । आइतवार त एसपी अधिकारीले आफै त्यहाँ उभिएर मास्क नलगाएर आवागमन गर्नेलाई मास्क वितरण गुर्नभयो । सो अवसरमा उहाँले आवागमन गर्ने दुबै देशका नागरिकलाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह समेत गर्नुभयो ।
तिव्र गतिमा बढ्दै गएको संक्रमणलाई रोक्नका लागि स्वास्थ्य सचेतना सबैभन्दा ठुलो हतियार भएको जनाउँदै उहाँले मास्क र भौतिक दुरीमा सबैले ध्यान दिने हो भने कोरोनालाई फैलिनबाट रोक्न सकिने बताउनुभयो ।

नाकामा पुग्नु भएका अधिकारीले नाकामा मास्कमा कडाई गर्न मातहतका प्रहरीलाई निर्देशन दिंदै भारतबाट आउनेहरु मध्ये शंकास्पद सबैको एन्टिजेन परीक्षण गराएर मात्र छिर्न दिन आदेश दिनुभयो ।
बागेश्वरी पोस्टको पहलमा नेपालगञ्जको देउती सर्जिकल हाउसले नाकामा वितरणका लागि ३ हजार थान मास्क प्रदान गरेपछि प्रहरीले जमुनाह नाकाबाट मास्क वितरण गर्न सुरु गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके प्रहरी प्रमुख तथा एसपी अधिकारीलाई सो मास्क हस्तान्तरण गर्नुभएको थियो ।
एसपी अधिकारीले ती मास्क जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सिद्धिगणेश शाह र नेपालगञ्ज ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर तथा जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट र जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंहलाई जमुनाह नाका भएर भित्रिने सर्बसाधारणलाई वितरण गर्ने निर्देशन सहित हस्तान्तरण गर्नु भएको थियो ।
यसअघि पनि नेपालगञ्जका धम्बोझी चोक, विपी चोक लगायत विभिन्न स्थानमा प्रहरीले तपाईको मास्क खोई ? अभियान चलाएर मास्क वितरण गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *