१५ चैत्र २०८०, बिहीबार

बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

समाचारदाता
नेपालगञ्ज, चैत २७ । बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।
क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।
हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पार्क परिसरमा निर्माण गरिएका पुरुषका लागि २, महिलाका लागि १ र अपाङ्गता भएका व्यक्तिका लागि १ गरि चारवटा शौचालय बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

निर्माण गरिएका शौचालयमा पानी तान्नको लागि मोटर, हाते पम्प र शौचालयमा पानी आपूर्तिका लागि प्लाष्टिकको ट्यांकी र चारवटा हात धुने ट्याप समेत जडान गरिएको क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।
सो अवसरमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष मल्लले यसअघि गाभर पार्कमा आउने आन्तरिक पर्यटकका लागि सरसफाई र सरसफाईको सुविधा नभएको तथा शौचालय नहुँदा समस्या भोग्नुपरेकोमा अब सहज भएको बताउनुभयो ।
यसले सरसफाई र वातावरण संरक्षणमा ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीले गाभरमा पर्यटकको सुविधाका लागि अत्यावश्यक रहेको शौचालय तथा पानीको व्यवस्था कतार च्यारिटी र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा निर्माण गरेर परोपकारी सहयोग गरिएको बताउनुभयो ।
लायन्स गाभर पार्कका अध्यक्ष युवराज शाहले कृतज्ञता व्यक्त गर्दै नवनिर्मित यस सरसफाइ र सरसफाई सुविधाबाट ठूलो संख्यामा पार्कमा आउने पर्यटक लाभान्वित हुने बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा क्लबका अनुगमन मुल्यांकन अधिकृत अनुप वर्मा र फिल्ड सुपरभाइजर सुदीप गौतमको पनि उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *