६ चैत्र २०८०, मंगलवार

बाँके युनेस्कोद्धारा स्टीक एण्ड स्टोनको समिक्षा बैठक सम्पन्न

बाँके युनेस्कोद्धारा स्टीक एण्ड स्टोनको समिक्षा बैठक सम्पन्न

समाचारदाता
नेपालगञ्ज, फागुन १७ । बाँके युनेस्को क्लबको आयोजनामा बुधवार नेपालगञ्जमा समिक्षा, प्रतिविम्ब र फ्लोअप बैठक सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र नेपाल सरकारको सहकार्यमा क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बाँकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भगवान पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा जिल्लाका चार वटा पालिकाका शिक्षकहरु र पालिकाको शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकको मुख्य उदेश्य प्लान इन्टरनेशनलको सहयोगमा क्लबद्धारा ईश्वि सम्वत २०१९ साल देखि हालसम्म विभिन्न विद्यालयका शिक्षकहरुलाई प्रदान गरिएको स्टीक एण्ड स्टोन सम्बन्धि प्रशिक्षक तालिमबाट उनिहरुले विद्यालयमा दिएको प्रशिक्षणको समिक्षा गर्नु र आगामी दिनको कार्यक्रम बनाउनु रहेको परियोजना अधिकृत विनिता आरसीले बताउनुभयो ।

बैठकमा प्रशिक्षक तालिम लिएका शिक्षकहरुले विद्यालयमा स्टीक एण्ड स्टोन प्रशिक्षण दिएको र सो प्रभावकारी रहेको ठहर गर्दै आगामी दिनमा जिल्लाका आठ वटै पालिकामा त्यस्ता तालिमहरु दिनुपर्ने, कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, तालिमबाट भएको सकारात्मक असरहरुको मुल्यांकन र दस्तावेजीकरण गरेर स्थानीय सरकारलाई बुझाउनु पर्ने सहमति बनेको परियोजनाका फिल्ड सुपरभाइजर शंकरसिंह थारुले जनाउनुभयो ।
शिक्षकले तालिम लिएपछि स्टीक एण्ड स्टोन सेसन चलाएका विद्यालयहरुको अन्तिम सर्वे गरेर सोही विद्यालयमा पेश गर्नुपर्ने निर्णय पनि बैठकमा गरिएको थियो । सो बैठकमा प्लान नेपालका सन्तोष पुलामीले स्टीक एण्ड स्टोन सेसनको प्रि टेस्ट र पोष्ट टेस्टको पनि मूल्यांकन गर्ने कार्य भैरहेको जानकारी दिनुभयो ।
बैठकमा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले कार्यक्रमको जानकारी गराउनुका साथै परियोजनाको उदेश्य पनि प्रष्टाउनु भएको थियो भने सामाजिक व्यवहार परिवर्तन सञ्चार सहजकर्ता रन्जना विकको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *