१५ चैत्र २०८०, बिहीबार

बाँके युनेस्को क्लबका दुईजना कर्मचारी दिल्लीमा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

बाँके युनेस्को क्लबका दुईजना कर्मचारी दिल्लीमा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरेको बताउनुभयो ।
नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहमा उहाँहरुलाई सम्मान प्रदान गरिएको क्लबले जनाएको छ ।
यसअघि बाँके युनेस्को क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

अन्तराष्टियस्तरको सो सम्मानबाट क्लबको मान सम्मान समेत विश्वमा बृद्धि भएको जनाउँदै सम्मानित हुनु भएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले यसबाट आफुलाई झन समाजसेवा गर्ने प्रेरणा प्राप्त भएको बताउनुभयो ।
बाँके युनेस्को क्लबले विभिन्न अन्तराष्टिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *