१३ बैशाख २०८१, बिहीबार

बाँके र बर्दियामा डकैती गर्ने डाँकाहरु पेस्तोलसहित पक्राउ

बाँके र बर्दियामा डकैती गर्ने डाँकाहरु पेस्तोलसहित पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल दखाई परिवारलाई बन्धक बनाएर डाँका मार्दै आएका दुई जना भारतीय डाँकालाई प्रहरीले पेस्तोलसहित पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डाँका मारेर ठुलो रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँके खजुरा डि गाउँ बस्ने हरी प्रकास बिकको घरमा हतियारसहित पसेर ५० हजार नगद, साढे तीन तोला सुन र एक मोटरसाइकल लुट्ने तथा बर्दिया बढैयाताल ८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा पसेर पेस्तोल देखाई ३ लाख ३५ हजारको नगद र सुन लुट्ने भारतीय डाँकालार्ई पेस्तोलसहित पक्राउ गरिएको बताउनुभयो ।

उनिहरुलाई बाँकेको जानकी गाउँपालिका ५ बुढियागाँउबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरुमा भारत रुपैडिहाको निबिया घर बताउने बर्ष २६ का डब्लु मनिहार र भारत बाबागंजको बाबाकुटी घर बताउने बर्ष २८ का निजामुद्दिन कवडिया रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले पुस २९ गते बढैयातालमा र माघ १७ गते खजुरामा पेस्तोल देखाई घरका सबै परिवारलाई बाँधेर डाँका मारेका थिए ।
खजुरास्थित विकको घरबाट लुटिएको पल्सर मोटरसाईकललाई प्रहरीले माघ १८ गते साँझ जिल्ला बर्दिया बढैयाताल ५ बढैयाताल नजिकै रेहको पोखरीमा फेला पारेको थियो ।
पक्राउ परेका दुबैजना डाँकाले अन्य ठाउमा पनि लुटपाट गरेको हुनसक्ने जनाउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *