७ बैशाख २०८१, शुक्रबार

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो ।
विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे ।

उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो ।
अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्य, विषयगत शाखाका प्रमुख, जिल्ला विवद् व्यवस्थापन समितिका अध्यक्ष एवं फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटी शाखा र उपशाखाका पदाधिकारी, प्रतिनिधि, कर्मचारी, आपत्कालीन कार्यसंचालन केन्द्र बाँके र बर्दियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *