१६ चैत्र २०८०, शुक्रबार

बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २० । बाँके निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निवर्तमान सांसद कृष्ण केसी नमुना यस पटक पनि सबैभन्दा बलियो अवस्थामा देखिनु भएको छ । गत पाँच वर्षको अवधीमा निरन्तर जनतासंग जोडिनु भएको र हरेक दुखसुखमा जनताको साथमा रहनु भएकोले उहाँको अवस्था अन्य उम्मेदवार भन्दा निकै बलियो देखिएको छ ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नमुनालाई अहिले उहाँको निर्वाचन क्षेत्रमा जनताले गरेको मान सम्मान र मायाले नै उहाँको अवस्था प्रष्ट भएको छ ।
बाँके १ को प्रदेशसभा १ मा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा एमालेले तीन वडा, नेकपा माओवादी केन्द्रले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । नरैनापुर गाउँपालिका जनता समाजवादी पार्टीले अध्यक्ष, उपाध्यक्षसहित ३ वडा जितेको छ । तीन वडामा कांग्रेसले जितेको छ ।
यो निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य पदको निर्वाचनमा ८ जना उम्मेदवार छन् । पाँच दलिय गठबन्धन र एमाले–राप्रपागठबन्धनबीच मुख्य प्रतिष्पर्धा छ । दुई स्वतन्त्र र दलका ६ जना उम्मेदवार भए पनि यी दुबै गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ को नतिजा र प्रदेशसभा निर्वाचन २०७४ को नतिजा विश्लेषणका आधारमा यो निर्वाचन क्षेत्रमा कुन दलका कुन उम्मेदवार प्रतिष्पर्र्धामा छन् भनेर विश्लेषण गरिएको छ ।


सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले कृष्णा केसी नमूनालाई उम्मेदवार बनाएको छ । यही निर्वाचन क्षेत्रको बहालवाला प्रदेशसभा सदस्य नमूना दोेस्रो कार्यकालका लागि भिड्दैछिन् । प्रदेशसभा निर्वाचन २०७४ मा नेपाली कांग्रेसका शरदचन्द्र शर्मालाई ३ हजार १९६ मतले पराजित गरेकी थिइन् ।
नमूनाले १३ हजार ४३६ मत र शर्माले १० हजार २४० मत ल्याएका थिए । विगतमा कांग्रेस र माओवादी केन्द्रले पाएको कूल मत जोड्दा ७२ प्रतिशत मत हुन आउँछ । विगतमा नमूनालाई एमालेको पनि साथ थियो । एमालेले अहिले स्थानीय तहमा पाएको मत घटाउँदा पनि सत्ता गठबन्धनको मत निर्वाचन क्षेत्रको मतभन्दा आधा भन्दा बढी हुन आउँछ ।
राप्तीसोनारीको अध्यक्षमा कांग्रेस र माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ल्याएको मत र नरैनापुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको मत जोड्दा यो गठबन्धनको मत २४ हजार ३०५ रहेको छ । राप्तीसोनारीका दुई वडाको मत घटाउँदा पनि गठबन्धनको मत अरु सबै दलको भन्दा झन्डै दोब्बर छ । गठबन्धनका दलबीच इमान्दारिता देखाउने हो भने माओवादी केन्द्रकी उम्मेदवार नमूना सहज रुपमा निर्वाचन जित्ने देखिएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *