१३ बैशाख २०८१, बिहीबार

बाँके २ को प्रदेशसभाका दुबै सिटमा जसपा विजयी

बाँके २ को प्रदेशसभाका दुबै सिटमा जसपा विजयी

सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा  क र  ख  दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा  ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा झर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले ६ हजार २४७ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा गठबन्धन नभएपछि कांग्रेसका हमाल र माओवादीका अकल बहादुर बमले मित्रवत् प्रतिस्पर्धा गर्नुभएको थियो भने विजयी हुनुभएका अग्रवालले जसपा बाट एक्लै निर्वाचन लड्नुभएको थियो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *