६ बैशाख २०८१, बिहीबार

बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । कोहलपुरस्थित बागेश्वरी एकेडेमीका शिक्षकले एक विद्यार्थिमाथि बेस्सरी कुटपिट गरेको उजुरी ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको छ ।
बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमवर्क नगरको भन्दै गाला निलो हुने गरेर कुटेको भन्दै अभिभावक आशिष काफ्लेले प्रहरीमा उजुरी दिनु भएको हो ।
विद्यार्थिले होमवर्क नगरेको भएकम अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिटेकोले प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो। विद्यार्थि काफ्ले घर फर्किएपछि उनको गालामा निलो दाग बसेको र गाला सुन्निएको अवस्था देखेपछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने जानकारी दिएपछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको अभिभावक आशिष काफ्लेले वताउनुभयो ।
त्यसपछि बाध्य भएर ईलाका प्रहरीलाई जानकारी गराएको र वच्चाको मेडिकल चेक समेत गराएको उहाँले बताउनुभयो ।
आफ्नो बच्चाले खान समेत खान नसक्ने अवस्थामा रहेको समेत जानकरी गराउँदै उहाँले अहिलेपनि विद्यार्थिलाई यसरी कुटपिट गर्ने शिक्षकलाई कडा कारवाहीको माग गर्नु भएको छ। शिक्षकलाई कारवाही नगरेमा आफुहरुले आन्दोलन गर्ने समेत अभिभावकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *