१६ चैत्र २०८०, शुक्रबार

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

सिराज खान
नेपालगञ्ज, असोज २४ गते । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीहरुद्धारा उद्धार गरिएको छ ।
खजुरा गाउँपालिका २ के गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि उद्धार गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा २ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए ।

उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।
भारतबाट फर्किएका उनीहरुले पानी घटेको अनुमान गरेर खोला पार गर्न खोज्दा खोलाको बहावले बगाएको थियो । तर, खोला बगेको ठाउँमा बबुरका ठूला रुखहरु समेत रहेकाले रुख समातेर ज्यान जोगाउन सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *