१२ बैशाख २०८१, बुधबार

बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

समाचारदाता
नेपालगञ्ज, असोज ३१ । बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ ।
बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श बैठकको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाख प्रमुखले कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रम र कानुन निर्माण र भैरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
कर्णाली प्रदेशमा बालविवाह बढी हुने गरेको र यस्लाई स्वास्थ्यको दृष्टिकोणबाट मात्र नहेरी, आर्थिक सामाजिक, शैक्षिक रुपमा समेत असरगरेको कुरालाई सवै नागरिकमाझ जानकारी हुनुपर्ने र कर्णाली प्रदेश सरकारले रणनीति रुपमा बालविवाह विरुद्धको रणनीतिक योजना निर्माण गरि प्रभावकारी कार्यन्वयन हुनुपर्ने कुरा सहभागीहरुले बताए ।


कार्यक्रममा बोल्दै बालविवाह विरुद्धको साझा अभियान कर्णाली प्रदेश सरकारको संयोजक पवित्रा शाहीले कानुनतह बन्देज गरिएका कुराहरुलाई व्यवहारमा ल्याुनपर्ने र कर्णाली प्रदेश अन्र्तगतका सवै स्थानीय पालिकाहरुलाई जिम्मेवार बनाई अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यसैगरि प्लान नेपालका कायक्रम व्यवस्थापक अम्विका प्रसाद तिमिल्सेनाले कर्णाली प्रदेशमा बालविवाह एक विकासको प्रमुख चुनौतीको रुपमा रहेको र स्थानीय तहहरुले समेत निश्चित लक्ष्य निर्धारण गरि अघि बढ्नुपर्ने बताउनुभयो ।
बालविवाह बालबालिकाहरुद्धारा बढी हुने भएकाले उनीहरुको संलग्नतामा नै यस्को नियन्त्रण गर्न सकिने जस्का लागि सेभ द चिल्डे«नले बालक्लव मार्फत चाईल्ड च्याम्पीयन परिचालन गरेको र नतिजा सकारात्म देखिएको कुरा सेभ द चिल्डे«नका सिनियर कार्यक्रम संयोजक जुठीराम चौधरीले बताउनुभयो ।
कार्यक्रममा रणनीतिक योजना निर्माणमा नागरिक समाज र विकास साझेदारहरुले एक्यवद्धता सहित १८ देखि २० वर्ष उमेर समुहलाई लक्षित गरि जिवन उपयोगी सीप विकास तालिम, विभिन्न भोकेसनल सीप विकास तालिम आदी प्रदान गरि सक्षमता गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सामाजिक विकास मन्त्रालयको निमिक्त सचिव विनोद आचार्यले छलफल परामर्शमा उठेका कुराहरु कर्णालीको वस्तुस्थिती र सन्दर्भ अनुसार रणनीतिक योजना आवश्यक भएको र सोको प्रभावकारी कार्यन्वयनका लागि नागरिक समाज, विकास साझेदार संस्थाहरु र कर्णाली प्रदेश सरकारले एकै ठाउमा उभिएर रणनीतिक योजनाका साथ अघि बढ्नुपर्ने कुरा औल्याउनु भयो ।
कार्यक्रमको सहजीकरण सिजप काठमान्डौका सचिवालय प्रमुख आत्माराम थापाले बाल विवाह अन्तयका लागि आधारहरु, र सिजपको भुमिका विषयमा समेत चर्चा गर्दै कार्यक्रम संचालन गरिएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *