१२ बैशाख २०८१, बुधबार

बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो सहयोग गर्ने क्रममा मंगलवार बाल सुधार गृह बाँकेलाई १०० थान कम्मल वितरण गरेको छ ।
समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गर्नुभएको छ । चिसोबाट सो बाल सुधार गृहका अधिकांश बालकहरु अतिनै प्रभावित भएपछि उनिहरुलाई कम्बल वितरण गरिएको सदसय सचिव सोनकरले बताउनुभयो ।
समितिले ६०० थान कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ । यसअघि समितिले बाँके कारगारका थुनुवा, बागेश्वरी मन्दिर अगाडी बसेका विपन्न र निलसागर असहाय केन्द्रका बृद्धबृद्धालाई कम्बल वितरण गरिसकेको छ ।
अझैपनि चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको सोनकरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *