७ बैशाख २०८१, शुक्रबार

बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

समाचारदाता
नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो ।

बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले साँस्कृतिक कार्यक्रमले बालविवाह न्युुनिकरणमा ठूलो सहयोग पुर्याने विश्वाश ब्यक्त गर्नु भयो । बिभिन्न माध्यबाट समुदायलाई बालविवाह र माघी मिलन बारेमा जानकारी गराए चाडै नै बालमैत्री पालिका र हिंसा रहित समुदाय बनाउन सकिने कुरामा उहाँले जोड दिनु भएको थियो ।
सोही अवसरमा बालविवाह न्युनिकरण सहयोग गर्ने वडा नं १० का विभिन्न टोलका गरी ६४ जना बरघरहरुलाई सम्मान गरिएको थियो।
बारबर्दिया नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रण बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सबै वडा अध्यक्ष, सदस्यहरु, टोल बर्घर बाँके युनेस्को क्लब नेपालगञ्जका कर्मचारी, स्थानीय बुुद्धिजीवि, शिक्षक बरघर, संचारकर्मी, स्थानीय तथा अतिथि कलाकारहरु, स्थानीय दर्शकहरु गरि सयौंको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन सुदिन चौधरीले गर्नु भएको थियो।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *