७ बैशाख २०८१, शुक्रबार

बिप्लबको बन्द–बाँकेमा यातायात प्रभावित, स्कुल ठप्प, अधिकांश पसल व्यवसाय खुला

बिप्लबको बन्द–बाँकेमा यातायात प्रभावित, स्कुल ठप्प, अधिकांश पसल व्यवसाय खुला

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्र विप्लव चन्द ुबिप्लबु नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा पनि परेको छ ।
बन्दका कारण मंगलवार विहानैदेखि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने स्कुल कलेजहरु पनि बन्द रहेका छन् ।
नेपालगन्ज बजार क्षेत्रमा मोटरसाइकल, अटो रिक्सा, इलेक्ट्रोनिक रिक्सा चलेपनि छोटो तथा लामो दुरीका यातायतका साधन भने ठप्प छन् । बन्दको प्रभाव पसल व्यवसायमा पनि केही परेको छ । तर, बजारका अधिकांश पसल व्यवसाय भने सञ्चालनमै रहेका छन् ।
बन्दको क्रममा कुनै अप्रिय घट्ना नहोस भनेर ठाउँ ठाउँमा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म जिल्लामा अवस्था सामान्य रहेको जनाएको छ ।

यसैविच बन्दलाई सफल पार्न सडकमा निस्किएका नेकपा विप्लवका एक कार्यकर्तालाई प्रहरीले नेपालगञ्जमा पक्राउ गरेको छ ।
बिहान औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पन्चपुरी नगरपालिका वडा नम्बर ११ सुर्खेत स्थायी ठेगाना भइ हाल जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय पुष्कल कुमार माझीलाई नियन्त्रणमा लिइएको हो।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *