१३ बैशाख २०८१, बिहीबार

बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान

बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान
समाचारदाता
नेपालगञ्ज, पुस ८ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको हो ।
उक्त तालिममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाबाट १ जना, मनिकापुर स्वास्थ्यचौकीबाट २ जना, शहरी स्वास्थ्य केन्द्र वडा नं २ बाट २ जना, खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट १ जना, सितापुर स्वास्थ्यचौकीबाट २ जना, डुडुवा गा।पा। स्वास्थ्य शाखाबाट १ जना र हिर्मिनिया स्वास्थ्यचौकीबाट २ जना गरी ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
पुस ५ गते देखी ७ गतेसम्म संचालन भएको सो तालिममा एमडिएम फ्रान्सको बारेमा एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापा र भेरी वातावरणीय विशिष्टता समूह बि ग्रुप बाँकेको बारेमा उक्त संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी गराउनु भएको थियो ।

एमडिएम फ्रान्सकी मेडिकल सल्लाहकार सान्ति श्रीस र एमडिएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले पेशा तथा पेशागत स्वास्थ्य, नेपाल र अन्य देशहरुमा पेशा तथा पेशागत स्वास्थ्यको अवस्था, स्वास्थ्यकर्मी, सरसफाईकर्मी र कृषकहरुलाई खतरा, संक्रमण, जोखिम र रोगथामका उपायहरु लगायतका विषयहरुमा छलफल चलाउनु भएको थियो ।
सो परियोजनाका परियोजना संयोजक इन्द्रजीत सुनारले विषादि, विषादिले मानव शरिरमा पार्ने असरहरु, बाँके जिल्लामा प्रयोग भै रहेका विषादि, विषादिबाट बच्ने उपायहरु लगायतका बारेमा सचेत पार्दै कृषकहरुको पेशागत स्वास्थ्य र सुरक्षामा जोड दिनुभएको थियो । परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीका अनुसार उक्त तालिमबाट पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी परामर्श ढाँचाको विकास गरिएको छ । जसको प्रयोग गरेर स्वास्थ्यकर्मीहरुले सरसफाईकर्मी र कृषकहरुलाई परामर्श दिनु हुनेछ । तलिममा सहभागि स्वास्थ्यकर्मीहरुले अति नै महत्वपूर्ण विषयमा तालिम आयोजना गरिएको जनाउँदै यसबाट धेरैलाई लाभ पुग्ने प्रतिक्रिया दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *