११ बैशाख २०८१, मंगलवार

बैतडीबाट अपहरणमा परेका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार

बैतडीबाट अपहरणमा परेका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैतडीबाट अपहरणमा परेका भनिएका एकजना शिक्षकको डुडुवा कम्दीको राप्ती नदी किनारबाट उद्धार गरेको छ । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे राप्ती किनारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अवस्थीले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका थिए । त्यसपछि उनका आफन्तहरुले बाँके प्रहरीलाई खबर गरेका थिए । अवस्थीको खोजी गर्दा राप्ती नदी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले खबर पाए लगत्तै अगैया र कम्दीस्थित नदी किनारमा प्रहरी परिचालन गरेर कम्दीको राप्ती बगरमा उहाँलाई भिजेको अवस्थामा भेटाएको बताउनुभयो । उद्धारपछि अवस्थीको भेरी अस्पतालमा उपचार गराएर उनलाई सुरिक्षत राखिएकोमा बैतडीबाट उनका आफन्त आएकोले जिम्मा लगाएर पठाएको बताउनुभयो ।
अवस्थीलाई घर पठाईएपनि घट्नाको अनुसन्धान आइतवारबाट गरिने उहाँले बताउनुभयो । त्यसका लागि जिल्ला प्रहरी कार्यालय बैतडसिंग समन्वय र सम्पर्क गरिएको पनि उहाँले बताउनुभयो । अवस्थीले बैतडीबाट आफूलाई ६ जनाले २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको बताएका छन् । आधा घन्टा मात्रै तेरो सयम छ अन्तिम इच्छा भए भन्नू भनेर उनीहरूले राप्तीमा धकेली दिए । म पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएँ,’ अवस्थीको भनाई उद्धत गर्दै एसपी अधिकारीले भन्नुभयो।
अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा आफूलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तिर्थराज अवस्थी र अम्बादत्त अवस्थीलगायतले अपहरण गरेको लेखेका थिए।
अवस्थीले फेसबुक स्टाटस लेखेपछि उनका आफन्त पर्ने कञ्चनपुरका पत्रकार बिष्णु अवस्थीले प्रहरी प्रशासनलाई खबर गरेका थिए । खबर पाउने बितिक्कै बाँके प्रहरीले निकै तदारुकताका साथ खोजी गरेर उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *