११ बैशाख २०८१, मंगलवार

भारतको बहराईच र श्रावस्तीका डीएम र एसपी लगायत एसएसबीका अधिकारी नेपालगञ्जमा, सुरक्षा बैठक जारी

भारतको बहराईच र श्रावस्तीका  डीएम र एसपी लगायत एसएसबीका अधिकारी नेपालगञ्जमा, सुरक्षा बैठक जारी

सिराज खान
नेपालगन्ज, कात्तिक २३ । मंसिर ४ गते नेपालमा हुने आम निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जको पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा चलिरहेको छ ।
बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम, प्रहरी प्रमुख अर्थात कप्तान सहित एसएसबीका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ ।

आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपराध गरेर छिमेकी जिल्लाहरुमा लुकी छिपी बस्ने अपराधी माथि कारबाही, चेलिबेटी बेचबिखन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्ररण संग सम्बन्धित बिषयमा छलफल भैरहेको बाकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
नेपाल र भारतमा निर्बाचन हँुदा मतदानको बेला ७२ घन्टा सम्म नेपालगन्ज रुपैडिया लगायत बाँके र बर्दिया जिल्लाका नाकाहरु बन्द गर्ने गर्ने गरिएकोले यो बैठकमा पनि सोही प्रकारको निर्णय हुने भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *