११ बैशाख २०८१, मंगलवार

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

सिराज खान
नेपालगञ्ज, कात्तिक १२ । भारतका विभिन्न ठुला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्किएका दुई लाख ५६ हजार भन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ ।
कोरोनाको तेस्रो लहरको संभावनालाई मध्य नजर गरेर भारतका जोखिममा रहेका ठुला सहरहरुमा काम गरेर फर्किएका नेपालीहरुको स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिईएको छ ।
गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५६ हजार ९९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ती मध्ये ज्वरो र रुघाखोकी देखिएका ३९ हजार ६३३ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले परिक्षण गरिएका मध्येबाट ३९२ जनामा कोरोना पुष्टि भएको जनाउँदै ती मध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाईएको र जटिल अवस्थामा देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा पठाईएको बताउनुभयो ।
कोभिड महामारी पुष्टि भएकालाई नाकाबाटै अलग गरेर सुरक्षित रुपमा सम्बन्धित ठाउँमा पठाउन सफल भएकोले कोरोना संक्रमण फैलिन नपाएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार सीमा नाकामा अत्याधुनिक हेल्थ डेस्क राखेर यति धेरैको स्वास्थ्य परिक्षण नगरिएको भए अवस्था निकै जटिल पनि बन्न सक्ने थियो । तर, भारतबाट आउने अधिकांशको स्वास्थ्य जाँच गरिएकोले संक्रमण फैलिने जोखिम निकै कम भएको हो ।
कोरोना संक्रमण भित्रिन नदिन नाकामा कडाई गरिएको जमुनाहा प्रहरीले पनि जनाएको छ । जमुनाहा ईलाका प्रहरी कार्यालयका प्रमुख सई मिन बहादुर विष्टले नाकामा जनपथ र शसस्त्र प्रहरीले संयुक्त रुपमा भारतबाट फर्किने सबैको स्वास्थ्य जाँच गरेर मात्रै आउन दिईरहेको बताउनुभयो ।
ज्वरो, रुघा र खोकी भएकालाई सिधै हेल्थ डेस्कमा पठाएर एन्टिजेनमार्फत कोरोना परिक्षणपछि मात्र नेपाल छिर्न दिईएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *