११ बैशाख २०८१, मंगलवार

भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा पनि सम्मान

भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा पनि सम्मान

नेपालगञ्ज, पुस ४ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतमा सम्मानित हुनुभएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई बर्दियाको राजापुरमा स्वागत र सम्मान गरिएको छ ।
बर्दिया राजापुरमा रहेको मानपुर टपरा युनेस्को क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरेर भारतको दिल्लीमा भारतीय दलित साहित्य अकादमीले सम्मान गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीको स्वागत र सम्मान गरेको छ ।
कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट गत साता मात्रै भारतमा सम्मानित गरिएको थियो ।
मानपुर टपरा युनेस्को क्लबका अध्यक्ष भिमसेन चौधरीको अध्यक्षतामा सम्पन्न भएको स्वागत र सम्मान कार्यक्रममा सम्मानित दुबैजनालाई अबिर, माला र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले भारतको राजधानीमा युनेस्कोकर्मीको सम्मान हुनुले संस्थाको मान र सम्मान झनै उच्च भएको बताउनुभयो । उहाँले मानपुर टपरा क्लबलाई पनि सम्मान र स्वागत गरेकोमा धन्वाद दिनुभयो ।
सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्वहरु तुलाधर र पंगालीले यो सम्मानले बाँके युनेस्को क्लबलाई अन्तराष्टियस्तरमै चिनाउने काम गरेको जनाउँदै सम्मान पाएपछि आफुहरुलाई झनै समाजसेवा गर्न हौसला प्रदान भएको बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका सल्लाहकार सुलेमान शाह र मानपुर टपरा युनेस्को क्लबका सचिव राम बहादुर बखरियाले पनि राम्रो कामको सधैं उच्च मुल्यांकन हुने बताउनु भएको थियो ।
यसअघि बाँके युनेस्को क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको थियो ।
बाँके युनेस्को क्लबले विभिन्न अन्तराष्टिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *