११ बैशाख २०८१, मंगलवार

भारतमा सम्मानित हुने सामाजिक अभियन्ताको गैसस महासंघद्धारा स्वागत सम्मान

भारतमा सम्मानित हुने सामाजिक अभियन्ताको गैसस महासंघद्धारा स्वागत सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ पुस । गैर सरकारी संस्था महासंघ बाँकेले अन्तरािष्टय पुरस्कार र सम्मान पाउनु हुने तथा केन्द्रिय पदमा निर्वाचित हुनुहुने विभिन्न व्यक्तित्वहरुको स्वागत सम्मान गरेको छ ।
महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा अम्बेडकर सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि तुलाधार र डा अम्बेडकर कलाश्री सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता बेद प्रकाश शर्मालाई महासंघले स्वागत, सम्मान गरेको हो ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका नव निर्वाचित केन्द्रीय सदस्य धर्मलाल रोकायले सामाजिक मुद्धामा कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता मिना पराजुलीले सामाजिक कार्यमा लागिरहँदा अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै यसले झन समाजसेवा गर्न उत्साहित बनाएको बताउनुभयो। कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता रबि तुलाधर लगायतले यस्ता सम्मानबाट देशकै नाम उँचो पार्न सपष्mल भएको अनुभव भएको बताउँदै अझै थप उर्जाका साथ सामाजिक कार्यहरु गरिराख्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव आशिष बर्माले गर्नु भएको थियो ।
भारतमा अन्तराष्टिय सम्मान पाउनेहरुमा पराजुली प्लान इन्टरनेसनल नेपालमा कार्यरत हुनुहुन्छ भने तुलाधर र शर्मा बाँके युनेस्को क्लबमा आवद्ध हुनुहुन्छ । गैसस महासंघको केन्द्रिय सदस्यमा निर्वाचित रोकाय इन्रुडेकका अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *