७ बैशाख २०८१, शुक्रबार

मंसिरदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

मंसिरदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । यातायात व्यवस्था विभागले डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट देशभरका सबै सवारी साधनमा अनिवार्य गर्न थालेको छ।
यसका लागि विभागले साढे दुइ वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने योजना बनाएको छ। विभागले करिब ३० लाख सवारी साधनमा जडान गर्ने योजना बनाएको जनाईएको छ ।
पहिलो चरणमा प्रदेश १ र २ बाहेकका पाँच प्रदेशमा आगामी मंसिरबाट दर्ता हुने सबै खालका सवारीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनुपर्नेछ ।
फागुन १ गतेबाट नामसारी गरिने सबै सवारी साधनमा र जेठबाट नवीकरण गर्ने सवारीसाधनहरुले पनि सो नम्बर प्लेट राख्नुपर्नेछ।
विभागका अनुसार अहिलेसम्म करिब ८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ।
इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि भारतीय जस्तै देखिएको, नेपाली भाषामा नभएको र ठूलो आर्थिक चलखेल भएकाले रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।उक्त रिटमा २०७४ फागुन १० गते तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले इम्बोस्ड नम्बर प्लेट तत्कालका लागि लागू नगर्न आदेश गरेको थियो। जसका कारण जडान नै रोकिएको थियो। साढे २१ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जना न्यायाधीशको संयुक्त इजालासले उक्त रिट खारेज गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *