१५ चैत्र २०८०, बिहीबार

मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

विकासका काम देखेर विकासविरोधीहरु अत्तालिएका छन्–मन्त्री राई
सिराज खान
नेपालगन्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि नेपालगञ्जमा शिलान्यास गर्दै सो बताउनु भएको हो ।
शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, सहरी विकास मन्त्री भएको बेला र त्यसअघि पछि पनि आफुले शिलान्यास गरेका सबै योजना मध्ये केही पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । आफुले शिलान्यास गरेको कुनै पनि योजना अलपत्र नपरेको दावी गर्दै उहाँले यस पटक शिलान्यास गरिएका सबै योजना पनि छिटै शुरु हुने र निर्धारित समयमा पुरा हुने दावी गर्नुभयो ।
विकास विरोधीहरुले धर्मको नाममा जनालाई विभाजित गर्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै उहाँले जनताले सबै कुरा बुझी सकेकोले अब कुनै पनि हतकण्डा सफल नहुने र हिजो विकास रोक्नेहरु अब जनताबाट बहिस्कृत हुने बताउनुभयो । केही दिनमै ‘नेपालगन्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने स्तरीय सडक निर्माण पनि शुरु हुने उहाँले सो अवसरमा बताउनुभयो ।
नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिको कार्य दुई महिनाभित्रै सुरू हुने र यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको मन्त्री राईले जानकारी दिनुभयो।


खजुरा र गुलरियामा लामोसमयदेखि काम अलपत्र पारेका ठेकेदारहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्न र आवश्यक परे ठेक्का समेत तोड्न भौतिक मन्त्रालयका सचिव र महानिर्देशकलाई कार्यक्रमस्थलबाटै उहाँले निर्देशन पनि दिनुभयो ।
शिलान्यास कार्यक्रममा बर्दियाका सांसद एवम् पूर्वमन्त्री संजय गौतम, प्रदेशसभाका सांसद भुवनेश्वर चौधरी, बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्ट, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, भौतिक पुर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा लगायतले सानो समयमा मन्त्री राईद्धारा गरिएका विकासका कामहरुको खुलेर प्रशंसा गर्नुभएको थियो ।
सो सडक २२ किलोमिटर फोर लेन र १० किलोमिटर टु लेन निर्माण गरिने भएको छ । आगामी तीन वर्षमा निर्माण कार्य पुरा गर्ने मन्त्रालयको योजना रहेको छ ।
यसैबीच मन्त्री राईले बुधवार बेलुका नै नेपालगन्ज राँझा सडकखण्डमा बन्ने पाँच वटा ट्राफिक सिग्नल लाइट जडान कार्यको शिलान्यास पनि गर्नुभएको छ। सो शिलान्यास महेन्द्र बहुमुखी क्याम्पस नजिक रहेको ट्राफिक चोकमा गर्नु भएको हो । यी ट्राफिक सिग्नल लाइटहरू गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा जडान गरिनेछ।
बुधवार विहान नेपालगञ्ज पुग्नु भएका मन्त्री राईले विभिन्न स्थानमा कार्यकर्ता भेटघाटसंगै बुद्धिजिवी र युवाहरुसंग पनि भेटघाट गर्नु भएको थियो । विहिबार उहाँले डुडुवा ५ मा निर्माण गरिने पक्की पुल र नेपालगञ्जमा निर्माण गरिने रेडक्रस भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *