१३ बैशाख २०८१, बिहीबार

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ ।
विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो ।
वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो ।
मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम्पुर्ण गम्भीर विरामीलाई रगत उपलब्ध गराउँदै आएको रक्तसञ्चार केन्द्रको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएकोले भवन निर्माण गराउन लागिएको बताउनुभयो ।


पक्की पुल निर्माणको शिलान्यास कार्यक्रममा सो क्षेत्रका जनप्रतिनिधिसंगै स्थानीय बासिन्दाहरुको पनि सहभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्र भवनको शिलान्यास समारोहमा भेरी अस्पतालका प्रमुख डा बद्री चापागाई, रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई लगायतको सहभागिता रहेको थियो ।
दुबै कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा लगायतको पनि उपस्थिति रहेको थियो । यसअघि मन्त्री राईले बुधवार नेपालगञ्ज–गुलरिया सडकखण्ड फोरलेन गर्ने कार्य र नेपालगञ्जका पाँच चोकमा जडान गरिने पाँच वटा ट्राफिक सिग्नल लाइट निर्माणको पनि शिलान्यास गर्नु भएको थियो ।
यसैगरि एकसाता अघिमात्रै उहाँले जमुनाहा राँझा सडकखण्डमा अस्फाल्ट सडक निर्माणसंगै पाँच वटा आकाशेपुल निर्माणको शिलान्यास पनि गर्नु भएको थियो । सोही प्रकारले डुडुवा खोलामा निर्माण गरिने पाँच वटा पक्की पुल र राप्ती नदीमा निर्माण गरिने नयाँ र फराकिलो पुल निर्माणको पनि शिलान्यास गर्नुभएको थियो ।
विरोधीहरुले मतदाता आकर्षित गर्न विभिन्न शिलान्यास कार्यक्रम गरिएको आरोप लगाएपनि सडक डिभिजिन कार्यालय नेपालगञ्जले शिलान्यास गरिएका सबै आयोजनाको बजेट सुनिश्चित भैसकेकोले सबै आयोजनाको काम केही समयमै शुरु हुने र निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले आयोजनाहरुको कार्यान्वयनमा कुनै पनि शंका नगर्न सबैलाई जानकारी गराउनु भएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *