१३ बैशाख २०८१, बिहीबार

मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

नेपालगञ्जपाटी समाचारदाता
नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शुक्रवार विहान नेपालगञ्ज पुग्नुभयो । तेस्रो पटक मन्त्री बनेपछि दोस्रो पटक गृहनगर आउनु भएका उहाँलाई दिनभरि भ्याईनभ्याई रह्यो ।
जहाजबाट ओर्लिने वित्तिकै दर्जनौ कार्यकर्तासहित सिधै महेन्द्र पुस्तकालयको कार्यक्रमका लागि हिड्नु भएकोमा बागवान साइकलका सञ्चालक शरिफ बागवानले बाटोमै उहाँलाई छोप्नुभयो र चिया खुवाएर विदा गर्नुभयो ।
महेन्द्र पुस्तकालयको कार्यक्रम उद्घाटन गरेर जुमाको नमाजका लागि एकलैनी नजिकको जामा मस्जिद पुग्नु भएका मन्त्री राईसंग सयौं मानिसले त्यहाँ भेट गर्ने र आफ्नो कुरा राख्ने अवसर पाए । यो क्रम करिब २ घण्टा चल्यो ।


नमाजपछि मात्र आफ्नो घर पुगेपछि त्यहाँ पनि दर्जनौ शुभचिन्तक र कार्यकर्ताको भिड थियो । उनिहरुसंग पनि केही बेर उहाँले भलाकुसारी गर्नुभयो । धेरैको समस्या सुन्नु भयो र समाधान पनि गर्नुभयो ।
त्यसपछि स्थानीय गुरुद्धारामा मन्त्रीलाई स्वागत सम्मान कार्यक्रम राखिएको थियो । गुरुद्धारा पुगेर उहाँले सिख समुदायका अगुवाहरुसंग भलाकुसारी गर्नुभयो र सम्मान ग्रहण गर्नुभयो । गुरुद्धाराबाट सोझै रानीतलाउ नजिक मुन्नु दलाल ( दिनेश बैश्य) को घरमा पुगेर उहाँले बैश्यका छोरा सिद्धार्थ बैश्यको संदिग्ध आत्महत्याको घटनाबारे जानकारी लिनुका साथै परिवारजनलाई सान्त्वना दिंदै घट्नाको सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई त्यहिबाट निर्देशन दिनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


सो लगत्तै वडा नम्बर १६ का जसपाका नेता चिम्मन अन्सारीको घरमा पुगेर मन्त्री राईले चिम्मनको मृत्युप्रति शोक व्यक्त गर्दै परिवारका सदस्यहरुलाई सान्त्वना दिनुभयो ।
त्यसपछि नेपालगञ्जस्थित सुनाखरी कटेजमा करिब साढे तीन घण्टा समय विताउनु भएका मन्त्रीले विभिन्न संघसंस्था, व्यक्तित्व र पार्टीका नेता कार्यकर्तासंग छुट्टा छुट्टै भेटघाट, छलफल गर्नुभयो, मागहरु सुन्नुभयो । माग पत्रहरु बुझ्नुभयो । अधिकांश माग पुरा गर्ने आश्वासन पनि दिनुभयो ।


सो अवसरमा डुडुवा र नेपालगञ्जका विभिन्न नेता कार्यकर्तासंग पनि मन्त्री राईले छुट्टै निर्वाचन केन्द्रित छलफल गर्दै पार्टी संगठन बलियो र क्रियाशिल बनाउन निर्देशन दिनुभयो ।


शनिवार उहाँले जमुनाहादेखि राँझासम्मको सडकको अस्फाल्ट कालोपत्रेका लागि शिलन्यास गर्नुका साथै आकाशे पुल निर्माणको पनि शिलन्यास गर्नु हुनेछ भने राप्ती पुल निर्माण र पुष्पलाल चोकदेखि सिधनियास्थित राप्ती पुल सम्मको सडक स्तरोन्नती योजनाको पनि शिलन्यास गर्नु हुनेछ । मन्त्री राईका सम्पुर्ण कार्यक्रमहरुका बारेमा जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले जानकारी गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *