१३ बैशाख २०८१, बिहीबार

माओवादीका उम्मेदवार अकल बमले ११ शिर्षकमा ७० वटा प्रतिवद्धता सार्वजनिक गरे

माओवादीका उम्मेदवार अकल बमले ११ शिर्षकमा ७० वटा प्रतिवद्धता सार्वजनिक गरे

नेपालगन्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् ।
सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए।

उनले आफुले जनताको मतको सम्मान र सदुपयोग गर्ने जनाउँदै आफुले जारी गरेका प्रतिवद्धता देखाउनका लागि मात्र नभई समेटिएका ४० वटा बुंदाकै सबै काम एक एक गरेर गरिने बताए । जनताले जिताए भने यो पत्र राखेर एक एक काम गराउन आग्रह गर्दै आफ्नो प्रतिवद्धतापत्र बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा २ को विकास समृद्धिको खाका पनि भएको बताए ।
उनले सो अवसरमा आफ्ना एजेण्डा र सवालहरुप्रति जनताको राम्रो समर्थन प्राप्त भैरहेको जनाउँदै जनताले परिवर्तनको मुड बनाईसकेकोले जित सुनिश्चित भएको दावी पनि गरे । सो अवसरमा बाँके क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक नविन शर्माले माओवादी केन्द्रका उम्मेदवारप्रति जनताले देखाएको समर्थन र सहयोग अतिनै उत्साहजनक रहेको बताए । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा समानुपातिकका उम्मेदवार कस्मिरा खातुनको पनि उपस्थिति रहको थियो । सो अवसरमा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *