१५ चैत्र २०८०, बिहीबार

माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १९ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ को २ बाट माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । उनलाई नेपालगञ्जका आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेको बमको सचिवालयले जनाएको छ।
जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तर सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ का जनता खुशी भएका छन् ।
युवा उमेर, आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम जनताको घर आँगनमा पुग्दा आम नागरिकले राम्रो सम्मान र स्वागत गरिरहेको उम्मेदवार बमले बताए ।
ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका आशलाग्दा युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले बमलाई जिल्लाबासीले दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएको जनाईएको छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सहसचिव रहेका उनी स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा बाँके क्षेत्र नं २ को २ बाट मंसिर ४ को चुनावमा बमलाई अत्यधिक मतले जिताएर प्रदेशसभामा पुरयाउन नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *