७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार बमले स्वर्गिय दामोदर आचार्यको सपना पुरा गर्ने

माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार बमले स्वर्गिय दामोदर आचार्यको सपना पुरा गर्ने

नेपालगन्ज, कात्तिक २८ । चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं २ को २ प्रदेशसभामा माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको लोकप्रियता बढ्दै गएको छ । माओवादीको एजेण्डा र नितिलाई समर्थन गर्दै बमलाई सहयोग गर्ने दिनदिनै बढ्दै गएको पाईएको छ ।
बमको प्रतिष्पर्धा नेपाली काँग्रेसका सुरेन्द्र हमाल र जसपाका आदेश अग्रवालसंग देखिएपनि उनि अरु भन्दा अगाडी रहेको मतदाताको भनाई छ । निर्वाचन प्रचार प्रसारको क्रममा बमले बाँकेका सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार बम पनि नेपालगन्जका सम्पुर्ण समुदायका लोकप्रिय पात्रका रुपमा चिनिन थाल्नु भएको छ । स्वआचार्यको विरासत बमले अझ उचाइमा लग्न थाल्नु भएको छ ।
आचार्यको निधनपछि नेपालगन्जमा माओवादी भित्र उचाईमा पुगेका नेता भएपनि बाहिर समाजमा जनताले पत्याउने नेता अब जन्मिदैनन कि भन्ने चिन्ता र चासो नेपालगन्ज बासीको थियो । तर स्थानीय चुनावमा नेपालगन्जमा माओवादी केन्द्रले ४ वटा वडामा सजिलै जित हासिल गर्न सक्यो । यसले नेपालगन्ज भित्रका माओवादीमा एक प्रकारको उत्साह थपियो ।

माओवादी एक्लै मैदानमा हुँदा माओवादीमय बन्दै गएको माओवादी नेपालगन्ज नगर अध्यक्ष रतन शाही बताउनु हुन्छ । माओवादी लुम्बिनी प्रदेश सदस्य नवीन शर्माको संयोजकत्वमा गठन भएको चुनाव प्रचारप्रसार समिति यतिखेर तिव्र रुपमा लागेको छ । अरु पार्टी भित्र चर्को विवाद हुदा माओवादी भित्र एकजुट भएर चुनावी प्रचारप्रसार, घरदैलो अभियानमा लागेको छ ।
मतदाता बमलाई जितेको हेर्न चाहन्छन् भन्दै बमलाई मतदाताको घरमा लान कार्याकर्तालाई तछाड र मछ्डा भएको व्यवसायी टंक धामी बताउनु हुन्छ । मधेसी र मुस्लिमका प्रमुख एजेन्डा माओवादीले नै उठाएको हो भन्दै मुस्लिम, मधेसी मतदाताले माओवादी नेता बमलाई स्वागत गरिरहेको व्यवसायी तारा रोकाय खत्रीले बताउनु भयो ।
बम त्यागी नेताहरु मध्यका एक नेताको सुचीमा पर्नु हुन्छ । अहिलेसम्म कुनैपनि चुनावमा भाग नलिएर सघाउदै आउनु भएका बम लामो समयदेखि राजनीति गर्दै आउनु भएको हो । राजनीति सेवा मुलक हुनुपर्छ भन्ने भनाइ राख्ने नेता बमले पटक पटक जेल जीवन विताउनु भएको छ । ठकुरी परिवारमा जन्मिनुभएका नेता बमको स्वभाव हैकम बादी छैन । मुसुक्क हाँसेर उत्तर दिने बम सबै नेपालगन्ज बासीको सेवक बनेर प्रमाणित गर्ने बताउनु हुन्छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *