१२ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रबाट उम्मेदवार बनेका अकल बम र कश्मिरा खातुनप्रति जनसमर्थन बढ्दैछ

माओवादी केन्द्रबाट उम्मेदवार बनेका अकल बम र कश्मिरा खातुनप्रति जनसमर्थन बढ्दैछ

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । चुनावको मिति नजिकिदै गर्दा माओवादी केन्द्र बाँके क्षेत्र नं.२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमप्रति जनताको आकर्षण बढ्दै गएको छ । माओवादी केन्द्रको निति र सिद्धान्तकै कारण देश धर्मनिरपेक्ष हुनुका साथै समावेशी र समानुपातिक समेत भै सबै धर्म र जातजातीलाई अधिकार प्राप्त भएकोले माओवादीको उम्मेदवारलाई जनसमर्थन बढ्दै गएको छ ।
माओवादी केन्द्रकै कारण नेपालले नयाँ संविधान पाएको र सो संविधानकै कारण सबैले समान अधिकार पाएकोले माओवादीका उम्मेदवारलाई जिताउन आवश्यक रहेको नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले बताउनुभयो । उहाँले अधिकारबाट बन्चित र पछाडी पारिएकालाई अगाडी ल्याउने काम माओवादीले नै गरेकोले माओवादीप्रति जनसमर्थन धेरै रहेको बताउनुभयो । निम्नवर्ग र गरिब जनताले माओवादीलाई अतिनै माया र समर्थन गरिरहकोले माओवादीले बाँके २ मा राम्रो समर्थन पाउने माओवादी केन्द्र बाँकेले जनाएको छ ।

निर्वाचन नजिकिंदै गर्दा उम्मेदवार बम र समानुपातिकका उम्मेदवार कश्मिरा खातुनले प्रचार प्रसारलाई तिव्र पारेका छन् । सो क्रममा मंगलवार एकै दिन कारकाँदो देखि सुरुभएको घरदैलो पुष्पलाल चौक,धम्मोैजि , बिपि चोक, गणशेमान चोक हुदै भरी अस्पताल त्रिभुवन चोक,न्युरोड हुदै बसपार्क गएर कोणसभामा परिणत भएको थियो । माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार बमले मतदातामाझ चुनावी सम्वोधन गर्दै आफ्नो एजेण्डा विकास र सम्बृद्धि भएको स्पष्ट पार्नुभयो । उहाँले विकासप्रेमी युवा काम गर्न सक्ने उम्मेदवारलाई मत दिन अपिल गर्नुभयो ।
प्रचार प्रसार र घरदैलोको क्रममा जनताले धेरै माया र समर्थन दिएको जनाउँदै निर्वाचमा राम्रो मत पाउने समानुपातिकका उम्मेदवार कश्मिरा खातुनले बताउनुभयो । उहाँले माओवादीले महिला, पुरुष, मधेशी, मुस्लिम र दलित लगायतको अधिकारका लागि ठुलो बलिदान दिएकोले जनताले माओवादीलाई नै समर्थन गर्ने बताउनुभयो ।
मंगलवार नेपालगञ्जमा निकालिएको बृहत्त प्रचार रैलीमा ठुलो संख्यामा स्थानीय र माओवादीका नेता कार्यकर्ताको सहभागिता रहकेो थियो । रैलीलाई स्थानीयले ठाउँ ठाउँमा तालि पिटेर स्वागत गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *