८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्र नेपालगञ्जमा शाही, खजुरामा विक, डुडुवामा यादव र जानकीमा बर्मा सर्वसम्मत

माओवादी केन्द्र नेपालगञ्जमा शाही, खजुरामा विक, डुडुवामा यादव र जानकीमा बर्मा सर्वसम्मत

बाँकी चार पालिकाको बन्द शत्र आज भैरहेको छ
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १२ । बाँके जिल्लाको आठ वटै पालिकामा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय सम्मेलन शनिवार शुरु भएकोमा चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् भने बाँकी चार वटा पालिकामा उदघाटन शत्र शनिवारनै पुरा भएपनि बन्द शत्र आज आइतवार हुँदैछन् । ती पालिकामा पनि आज सर्वसम्मत नेतृत्व चयन हुने जनाईएको छ ।

शनिवार सर्वसम्मत नेतृत्व चयन गरेर सम्पन्न भएका पालिकाहरुमध्ये नेपालगञ्ज उपमहानगर पालिकामा रतन बहादुर शाही, खजुरा गाउँपालिकामा राज कुमार विक, डुडुवा गाउँपालिकामा भोला यादव र जानकी गाउँपालिकामा रक्षाराम बर्मालाई अध्यक्ष निर्वाचित गरिएको छ । नरैनापुरका अध्यक्षको मात्रै चयन गर्न बाँकी रहेको जनाईएको छ । अन्य सबै पदमा सर्वसम्मत भैसकेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

माओवादी केन्द्र बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्जमा शाहीको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन रहनु भएको छ ।
सोही प्रकारले डुडुवा गाउँपालीकामा यादवको अध्यक्षतामा निर्वाचित ५५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षहरुमा मनवीर थापा, दयाराम यादब, पहल सिङ बिक, सचिवमा प्रेमा कुमारी शाही, सहसचिवमा कालू गिरि र कोषाध्यक्षमा फैमुद्दिन खान लगायत रहनु भएको छ ।

यस्तै खजुरा गाउँपालिकामा बिकको अध्यक्षतमा निर्वाचित ४९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा गरिबे शेख, टंक पोखरेल र प्रदिप विक, सचीवमा धनराम ओलि, सह सचिवमा खडक बहादुर ओलि र कोषाध्यक्षमा सरस्वती पासी लगायत रहनु भएको छ ।
यसअघि कोहलपुर र बैजनाथको अधिवेसन नेपाल सरकारका मन्त्री महेश्वर गहतराज अथकले, नेपालगञ्जको अधिवेसन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज हकिउल्लाह खाँले, खजुराको अधिवेसन माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले, राप्तीसोनारीको अधिवेसन माओवादी केन्द्र बाँकेका इन्चार्ज तथा पुर्व उपसभामुख पुर्णा सुवेदीले, डुडुवा गाउँपालिकाको अधिवेसन मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय संयोजक अतहर हुसैन फारुकीले, नरैनापुरको अधिवेसन माओवादी केन्द्र लुम्बिनि प्रदेश सचिवालय सदस्य प्रकाश सुवेदीले र जानकीको सम्मेलन शालिकराम खड्काले उदघाटन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *