६ बैशाख २०८१, बिहीबार

माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

समाचारदाता
नेपालगन्ज, भदौ १५ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला कमिटीले एक महिनासम्म संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले संघिय निर्वाचन क्षेत्र र प्रदेस निर्वाचन क्षेत्रमा नेताहरुको कार्यक्षेत्र तोकेर जिम्मेवारी पनि बाडफाड गरेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
नेकपा माओवादी केन्द्र बाँके जिल्लाको तेस्रो पुर्ण बैठकले सो निर्णय गर्दै पार्टी संगठनलाई जिल्ला भरिनै सुदृढ पार्नुका साथै माओवादीको एजेण्डा, हालसम्मका काम र उपलब्धीहरु बारे जनतालाई जानकारी गराउने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानले बताउनुभयो ।
संयोजक तुफानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, अर्का स्थायी कमिटि सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, केन्द्रिय अनुशासन आयोगका सचिव अशोक रोकाया र केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अन्जना चौधरी लगायतले देशको वर्तमान अवस्था, आगामी निर्वाचनमा कसरी जाने भन्ने रणनिति, गठबन्धनको अवस्था लगायतका बारेमा बिस्तृत रुपमा धारणा राख्नु भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद आइपि खरेल , केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्ण केसि नमुना, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचेतक उषा पुन, केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेस कमिटीका सह सचिव अकल बहादुर बम, बाँके जिल्ला समन्वय समितिका सचिव डिल्ली प्रसाद बराल लगायतले पनि जिल्लामा पार्टीको अवस्था र भावि रणनिति बारे आ आफ्नो धारणा राख्नु भएको थियो ।
उक्त बैठकमा बाँकेबाट लुम्बिनी प्रदेस सदस्यहरु, बाँके जिल्ला समन्वय समितिका सदस्यहरु, बाँकेका ८ वटा पालिकाका अध्यक्ष ,उपाध्यक्ष र सचिवहरुको उपस्थिति रहेको थियो । आसन्न संघ प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्र बाँकेको रणनीतका बारेमा सबै पालिका प्रमुख एवम प्रतिनिधिबाट लिखित रिपोर्टिङ गरिएको सचिव बरालले बताउनुभयो ।
जिल्लाको पार्टीको सांगठनिक साथै पालिकास्तरीय पार्टीको सांगठनिक रिपोर्टिङ बाँकेका आठ वटा पालिकाका अध्यक्षहरुले गरेका थिए भने पार्टीको लुम्बिनी प्रदेशको सर्कुलर बाँकेका सचिव बरालले प्रस्तुत गर्नु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *