८ बैशाख २०८१, शनिबार

मानवबेचविखन रोक्न नाकामा दुबै देशविच समन्वय, सहकार्यमा जोड

मानवबेचविखन रोक्न नाकामा दुबै देशविच समन्वय, सहकार्यमा जोड

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच सीमानामा समन्वय र सहकार्यमा जोड दिईएको छ ।
मानव बेचबिखनका गतिविधि न्युनिकरणका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नेपालगञ्जमा आयोजना गरिएको समन्वय बैठकमा सो कुरामा जोड गरिएको हो ।
दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नाकामा समन्वय र सहकार्य नगरेसम्म मानवबेचविखन नियन्त्रण गर्न नसकिने समेत सो बैठकले ठहर गरेको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा सम्पन्न भएको सो बैठकमा दुबै देशका सहभागिहरुले मानवबेचविखन रोक्ने सामुहिक प्रतिवद्धता गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
सो बैठकमा नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले बेचबिखनको रोकथामका लागि दुबै देशविच सहकार्य र समन्वय आवशयक रहेको बताउनुभयो ।
उहाँले जोखिममा परेकालाई उद्दार र पुनस्थापना गर्नको लागि स्थानीय सरकार, संघसंसस्था नागरिक समाजको भुमिका अहम हुनु पर्ने कुरामा जोड दिनुभयो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काले नेपाल भारत दुबै तर्फबाट समन्वयात्मक रुपमा सहकार्य गर्नसके मानव बेचविखन जस्तो जघन्य अपराध न्युनिकरण गर्न सकिने बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

उक्त बैठकमा देहात भारतका हसन फिरोजले समन्वय र सहकार्यले मानवबेचविखन रोकिने बताउनुभयो ।
बाँके युनेस्को क्लवद्वारा सञ्चालन गरिएको ‘प्रोटेक्ट’ परियोजनाका संयोजक महेश नेपालीले यस क्षेत्रको अवस्था बारे जानकारी गराउनु भएको थियो ।
सो महत्वपुर्ण बैठकमा भारतमा मानव बेचखिनको क्षेत्रमा क्रियाशिल कारितास इण्डियाका एनिमेश वीलियम्स, देहात भारतका हसन फिरोज, जेएफ खान, सन्लाप कोलकताका निरज र डिएसडब्लुएस लखनउका राजेश सहभागि हुनुहुन्थ्यो भने प्लान नेपालका सन्तोष पुलामी, साथी संस्थाका सरस्वती पराजुली, शक्ति समुहकी निर्मला पौडेल, माइती नेपालबाट पुष्पा नेपाली, साना हातहरुबाट अम्बिका पुनलगायतको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *