७ बैशाख २०८१, शुक्रबार

मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो ।
मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न भएको र कार्यशालामा सहभागि सबैले छिटै उक्त रणनिति बनाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले कार्यशालामा सहभागि चारवटै पालिकाका सरोकारवालाहरु रणनिति बनाउने कुरामा सहमत भएर सो रणनितिको खाकाका बारेमा विस्तृत रुपमा छलफल गरेको बताउनुभयो ।
सो कार्यशाला गोष्ठिमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालामा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, नेपालगञ्ज उपमहानगर शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, नेपालगञ्जका महिला विकास अधिकारीहरु मन्जु पाण्डे र पवित्रा पुरी, कोहलपुर नगरपालिकाका महिला विकास अधिकारी घट्ना शाह, प्लान इन्टरनेसनल नेपाल क्षेत्रिय कार्यालयका सन्तोष पुलामी, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत विनिता आरसी र शंकरसिंह थारु लगायतको सहभागिता रहेको थियो ।
सो कार्यशालाको सहजीकरण प्रशिक्षक आशिष बर्माले गर्नु भएको थियो । मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा रणनिति कार्ययोजना छिटै तयार गरिने जनाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *