७ बैशाख २०८१, शुक्रबार

मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

आन्तरिक विवादले पार्टीलाई कमजोर बनाउँछ–भोला,
मोहम्मदीको योगदानको कदर हो मलाई मतदान–ईरफान
सिराज खान
नेपालगञ्ज, ७ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा सहभागि हुनका लागि महाधिवेसन प्रतिनिधिको निर्वाचन बाँकेमा विहिबार हुने भएको छ । त्यसका लागि बुधवार उम्मेदवारी दर्ता गरिने छ भने विहिबार मतदान गराउने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
महाधिवेसन प्रतिनिधिका लागि बाँकेमा दुई वटा मुस्लिम कोटाका सिट रहेका छन् । ती दुई स्थानका लागि हालसम्म दुई जना सिद्दिकी र दुई जना अन्सारी गरेर चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य उम्मेदवार थपिएनन् भने यी चार जना मध्येबाटै दुई जनाले महाधिवेसनमा प्रतिनिधिका हैसियतले सहभागि हुने अवसर पाउने छन् ।


मुस्लिम कोटाको दुई सिटका लागि प्रदेश सांसद मोहम्मद याकुब अन्सारी, निजामुद्दीन अन्सारी (छोटकउ), अब्दुल हमीद सिद्दिकी भोला र ईरफान सिद्दिकीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनिहरुले प्रचार प्रसार समेत शुरु गरिसकेका छन् ।
बाँके जिल्लामा संस्थापन पक्ष अर्थात देउवा पक्ष बलियो अवस्थामा देखिएकोले सोही पक्षबाट उम्मेदवार बन्नेले जित्ने संभावना बढी छ । दुबैजना अन्सारीले आफुलाई संस्थापन पक्षको उम्मेदवार बताएका छन् भने संविधानसभाका सदस्य समेत रहेका अब्दुल हमीद सिद्दिकी भोला कोइराला पौडेल पक्षका उम्मेदवार मानिन्छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

ईरफान सिद्दिकी कुनै पक्षमा खुलेर देखिएका छैनन् । उनले सबैसंग आमा मोहम्मदी सिद्दिकीको योगदानको कदर गरेर एक मत आफुलाई दिन आग्रह गरिरहेका छन् । स्वर्गिय मोहम्मदी सिद्दिकीको लामो त्याग र बलिदानको कदर गर्नका लागि र उनको सपना पुरा गर्नका लागि आफु उम्मेदवार बनेको जनाउँदै ईरफानले एक पटक अवश्य हरेक मतदाताले छातिमा हात राखेर विचार गर्ने आशा व्यक्त गरेका छन् । उनले आफुलाई मतदान भनेको उनकी आमालाई सच्चा श्रद्धान्जली भएको पनि बताएका छन् ।
उता, अब्दुल हमीद सिद्दिकीले आन्तरिक विवादले मुस्लिम एकतासंगै पार्टी समेत कमजोर हुने जनाउँदै निर्वाचनमा धेरै विवाद नगरेर योग्य, सक्षम र केही गर्न सक्नेलाई जिताउनु पर्ने अनुरोध मतदातासंग गरिरहेका छन् । उनले सक्षम र इमान्दारलाई जिताउन सम्पुर्ण मतदातासंग आग्रह गरिरहेको बताए ।


पार्टीको आन्तरिक निर्वाचनमा धेरै यो पक्ष र त्यो पक्ष गर्ने हो भने यसको प्रभाव निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पर्ने चेतावनी दिंदै उनले सक्षम र सबललाई जिताउनु पर्ने कुरामा जोड दिंदै आएका छने ।
यस्तै प्रदेशसभाका सांसद अन्सारी र निजामुद्दीन अन्सारी दुबैले आफुहरु पनि लामो समयदेखि काँग्रेसका लागि मरिमेट्दै आएको कार्यकर्ता भएको र संस्थापन पक्षमा समेत भएकोले आफुहरुले जित्ने दावी गरेका छन् । दुबै जनाले अधिकांश मतदाताले आफुहरुको पक्षमा मन बनाईसकेको जानकारी गराईसकेको दावी समेत गरेका छन् ।
मुस्लिम कोटामा निर्वाचन निकै रोचक र प्रतिष्पर्धात्मक हुने अधिकांश मतदाताको ठम्याई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *