१५ चैत्र २०८०, बिहीबार

मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज २६ । बाँके जिल्लाका मुस्लिम नेता खालीद ईकबाल ईराकीलाई राप्रपा नेपालले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम विभागका प्रमुख समेत रहनुभएका नेता ईराकीलाई मुस्लिम कलस्टरबाट पहिलो नम्बरको उम्मेदवार बनाएपछि उहाँको सांसद निर्वाचित हुने संभावना प्रवल देखिएको छ ।
पार्टीले उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष कमल थापालाई धन्वाद दिंदै नेता ईराकीले राप्रपा नेपालले मुस्लिम समुदायलाई सधैं उच्च मान सम्मान दिएको र सबै धर्मको सम्मान गर्दै आएको बताउनुभयो ।

उहाँले राप्रपा नेपाललाई मतदान गरेर आफुलाई विजयी बनाउन सहयोग गर्न पनि सम्पुर्ण मुस्लिम मतदाता लगायत सबै मतदातासंग अनुरोध गर्नु भएको छ ।
सामाजिक कार्यमा सक्रिय भएर सधैं जनताको सेवा गर्न रुचाउने ईराकी जनतामाझ लोकप्रिय हुनुहन्छ । राष्टिय मुस्लिम आयोगको सदस्य सचिव समेत भेसक्नु भएका उहाँले समुदायको हकहितमा पनि धेरै काम गरेको दावी गर्नुभएको छ ।
उहाँ नेपालकै वरिष्ठ नेता तथा पुर्व राष्टिय पञ्चायतका सदस्य एवं राजपरिषदका सदस्य र राजदरबारका निकै निकट रहनुभएका स्वर्गिय ईकबाल ईराकीका जेष्ठ सुपुत्र हुनुहुन्छ । स्वर्गिय ईराकीको इमान्दारी र सादा जिवनको अझै पनि पटक पटक उदाहरण दिने गरिएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *