नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण असपताल कोहलपुरलाई विप्लब नेतृत्वको नेकपाले अस्पताल भित्र गम्भरि किसिमका लापरवाही र बेवास्ता गरिनुका साथै विरामी तथा कुरुवालाई दुख दिने विभिन्न कामहरु भैरहेको आरोप लगाउँदै तत्काल सुधार गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएको छ ।
नेकपा विप्लवका इन्चार्ज दिपकको नेतृत्वमा गएको समुहले विभिन्न माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा हाड जोर्नी तथा हात खुट्टाको उपचार गर्ने शिलशिलामा अधिकांश विरामीहरुको २ पटक ३ पटक र केहीको त ४ पटकसम्म अप्रशेन गर्नु परेकोले ध्यानकर्षण गराउँदै यस्ता घटनाहरु प्राविधिक समस्यामा नभएर पैसा कमाउने नियतले गरिएका मानवीयता विरोधि अपराधसंग जोडिएका तथ्यहरु प्राप्त भएका छन भन्दै यस्ता गतिवधिहरु तत्काल सुधार नगरे ठोस कदम चाली कारबाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी दिएको छ ।
यस्तै विरामी वा विरामीका आफ्न्ताहरुले उपचारका क्रममा औषधी र अरु केही खरिद गर्दा भ्याट बिल नदिनु, अस्पताल र डाक्टरले तोकेको र्फमेसीबाट मात्र औषधि किन्न लगाउनु र एक पटक प्रयोग भइसकेका रडहरु विरामीलाई फिर्ता नदिनु जस्ता अस्पताल प्रशासनको गैरजिम्मेवारी रहेको भन्दै पत्रमा त्यसमा पनि तत्काल सुधार गर्नु पर्ने उल्लेख गरिएको छ ।
यसैगरी स्वास्थय बिमा अन्तर्गत रहेका विरामीहरुले पाउने दुख र पत्थरीका विरामीहरुका आप्रेसनमा गरिएका लापरबाहीमा सुधार गरि हाल बेडमा उपचाररत बिरामी कल्पना थापा दाङ ,दीलु भुर्तेल बर्दिया, पबित्रा जैसी रुकुम र भरत परीयार कालिकोटको उपचारमा गम्भीर त्रुटि गरीएको र अब उपरान्त हुने उहाँहरुको उपचार मेडिकल कलेजले नै बेहोर्नुपर्ने, यदी कोहि बिरामिले हात खुट्टा गुमाउनु परेमा आजिवन जिवनयापनको जिम्मा मेडीकल कलेजले नै लिनु पर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उपचारमा प्रयोग भएका रड र भ्याट बिलहरु बिरामिका आफन्तलाइ नै बुझाउनु पर्ने माग समेत ज्ञापनपत्रमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
3
+1
+1
+1