१५ चैत्र २०८०, बिहीबार

मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २३ । नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले यो प्रतिबद्धतालाई आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।
उनले उपमहानगरपालिकाको मेयर पदमा जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरिरहेका छन् ।

कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले गाउँको विकास आफ्नो प्रमुख लक्ष्य हुने समेत बताए ।
वडा नंं १५ मा ईदगाह र सम्सानघाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरेका छन्। उनले जता गएपनि जनताको राम्रो स्वागत र सम्मान पाईरहेको समेत बताएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *